Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा भदौ १२ गतेदेखि निषेधाज्ञा थप गर्दै यस्तो गर्यो निर्णय


9.7K
Shares

गोरखामा भदौ १२ गतेदेखि निषेधाज्ञा थप गर्दै यस्तो गर्यो निर्णय

गोरखा १०, भदौ । गोरखामा यहि भदौ १२ गतेदेखी पुन: निषेधाज्ञा थप गर्दै जारी निषेधाज्ञालाई भने केहि खुकुलो पारिएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा उल्लेखनीय रुपमा कमी आएको भन्दै खुकुलो बनाउने निर्णय गरेको हो ।

 

साविकको निषेधालाई खुकुलो पार्नुपर्नेमा जिल्ला भित्रको दलहरुको राय मिले पछि आज भएको केन्द्रको बैठकले बजार, वैँक तथा सवारी साधानहरुमा लगाएको प्रतिबन्ध खुकुलो पारेको छ ।

शनिबार अर्थात भादै १२ गतेदेखी बजार बिहानैदेखी दिउसो २ः०० बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । सवारी साधानको हकमा निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार बैठकमा उपस्थित सबैको राय अनुसार नै सार्वजनिक सवारी साधन सुचारु गर्ने र राष्ट्रिय वाणिज्य वैँकबाहेक अरु वैँकहरु सुचारु गर्ने निर्णय भएको छ ।

सरकारी कार्यालयहरुको हकमा बढी सेवा ग्राही आउने मालपोत तथा जिल्ला  प्रशासन कार्यालय पुनःबारअनुसार पालिकाको सेवा दिने गरी सुचारु गराउने निर्णय भएको छ ।

यस अघि जारी कडा प्रकारको निषेधा भने शुक्रबार अर्थात भाद्र ११ गते राती १२ बजे सम्म लागु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology