गोरखा ९, भदौं । गोरखा नगरपालिका भित्र परीक्षामा संलग्न हुने १८ बर्षका माथिका बिधार्थीहरुलाई पर्सी बिहिबारदेखि कोरोना बिरुद्धको खोप दिइने भएको छ । नगरपालिकाले कक्षा १२ को शैक्षिक सत्र २०७७ का लागि परीक्षाको तयारीमा रहेका बिधार्थीहरुलाई कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप दिन लागिएको जनाएको छ ।
गोरखा नगरपालिकाको वडा नम्बर २ स्थित महालक्ष्मी माध्यामिक बिधालय, वडा नम्बर ३ को विन्ध्याबासीनी माध्यामिक बिधालय, वडा नम्बर ४ स्थित सरस्वती माध्यामिक बिधालय, वडा नम्बर ६ मा रहेको शक्ति माध्यामिक बिधालय, महेन्द्र ज्वोती माध्यामिक बिधालयबाट खोप दिने जनएको छ ।
त्यस्तै वडा नम्बर ८ को द वल्र्ड क्यापिटल बोडिङ, सरस्वती माध्यामिक बिधालय आहाले, वडा नम्बर ९ को द्रव्यशाह क्याम्पस, महालक्ष्मी माध्यामिक बिधालय लक्ष्मीबजार, वडा नम्बर १० को रत्नराज्य माध्यामिक बिधालय, वडा नम्बर १२ को महेन्द्र मध्यामिक बिधालय दरबार मार्ग तारमावि छेपेटारबाट खोप लगाउने कार्यक्रम रहेको नगरपालिकाले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।