Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बासँको कप्टेरोले हानेर श्रीमती र बाबुको हत्या


3.5K
Shares

बासँको कप्टेरोले हानेर श्रीमती र बाबुको हत्या

धनुषा ८ भदौं । बाँसको कप्टोरेले हानेर गएराती एक युवकले श्रीमती र बाबुको हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेपछि अनुसन्धानका क्रममा ३० वर्षीय भागेश्वरले प्रहरी समक्ष दुवैको स्वीकार गरेपछि घटनाको रहस्य खुलेको हो ।

भागेश्वर रामवृक्षका छोरा रअम्बिकाका श्रीमान् भएको प्रहरीले बताएको छ । विगत १० वर्षदेखि वैदेशिक रोजगारीमा रहेका भागेश्वरले अनैतिक सम्बन्धको आशंका भएपछि गयराति करिब १ बजे श्रीमती र बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भागेश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । बिहान स्थानीय घर नजिकै आँपबारीमा रगतको छिर्का देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामवृक्ष र अम्बिका एकै चोटी हराएपछि गाउँलेले खोजीसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology