चितवन ८, भदौं । नारायणी नदीमा हामफालेर आज बिहानै एक पुरुष बेपत्ता भएका छन् । बिहान करिब ७ बजे पुलबाट नदीमा हामफालेका ति व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
पुलमा भेटिएको झोलाभित्र रहेको नागरिताको आधारमा प्रहरीले हामफाल्ने व्यक्ति गुप्ता भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर आउने बित्तिकै प्रहरी टोलीले खोजतलास गरिरहेको उहाँको भनाई छ । नागरिकता भेटिएको आधारमा बेपत्ता व्यक्ति नभेटिएसम्म उनि नै हुन भन्ने पुष्टी भने हुन नसक्ने प्रहरीको भनाई छ ।