Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको कुन स्थानीय तहमा कति छन् संक्रिय संक्रमित (यो हेर्नुहोस)


3.2K
Shares

गोरखाको कुन स्थानीय तहमा कति छन् संक्रिय संक्रमित (यो हेर्नुहोस)

गोरखा ६, भदौं । जिल्लामा नोबल कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितहरुको संख्या घट्दो क्रममा देखिएको छ ।
गएको साताको शुक्रबार जिल्ला भित्र ६०९ जना सक्रिय संक्रमित रहेकोमा आइतबार साँझ सम्ममा १७२ जना घटेर ४३७ जनामा झरेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार जिल्लाको गण्डकी गाउँपालिकमा १ जना मात्र सक्रिय संक्रमित रहेको छ भने सबै भन्दा धेरै गोरखा नगरपालिकामा १०२ जना रहेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने केही दिन देखी कोरोना संक्रमितको संख्या नदेखिएका कारण सक्रिय संक्रमित शुन्य रहेको कार्यालयले जनाएको छ ।

जिल्लाको धार्चे गाउँपालिकामा ६ जना, शहिदलखन गाउँपालिकामा १० जना, अजिरकोट गाउँपालिकामा २६ जना, बारपाक सुलिकोट गाउँपालिकामा ३० जना र सिरानचोक गाउँपालिकामा ४५ जना सक्रिय संक्रमितहरु रहेका छन् । त्यस्तै गरी पालुङटार नगरपालिकामा ५४ जना, आरुघाट गाउँपालिकामा ७५ जना र भिमसेन थापा गाउँपालिकामा ८६ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।

केही दिन यतादेखि कार्यालयलाई प्रदेश स्वास्थ्य निर्देशनालयबाट पीसीआरको नतिजा प्राप्त नभएको सक्रिय संक्रमितको संख्यामा एक्कासी घटेको देखिएको कार्यालयले जनाएको छ । आइतबार गोरखा अस्पतालमा एन्टिजेन गरेका मध्ये १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology