Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

बढी बिल उठेको भन्दै ग्राहकले रेष्टुरेन्टमै बम जस्तो वस्तु राखेर भागेपछि….


5.4K
Shares

बढी बिल उठेको भन्दै ग्राहकले रेष्टुरेन्टमै बम जस्तो वस्तु राखेर भागेपछि….

भक्तपुर ६ भदौं । भक्तपुरमा आफूलाई विल उठाएको भन्दै एक युवकले रेष्टुरेन्टमै बम जस्तो अकृतिको वस्तु राखेर हिडेको खुलेको छ । भक्तपुरस्थित ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा ती ग्राहकले आफूलाई विल तिराएको भन्दै बम जस्तै आकृतिको वस्तु राखेर हिडेको प्रहरी अनुशन्धानबाट खुलेको हो ।

भक्तपुर प्रहरीका अनुसार शनिबार राति बम जस्तो वस्तु रेष्टुरेन्टकै प्राङ्गणमा भेटिएपछि संचालले खबर गरेका थिए । प्रहरीले पनि शंकास्पद वस्तु नै हो भन्ने ठानेर शनिबार राति झण्डै ११ बजेतिर नेपाली सेनालाई खबर गरिएको थियो । त्यसपछि नेपाली सेनाको टोलीले उक्त बम जस्तो देखिने वस्तु डिस्पोज गरेको थियो । डिस्पोज पछि हेर्दा प्रेसर कुकरलाई बमको स्वरुपमा पाईएपछि सबै चकित बनेका थिए । तर उक्त वस्तु कस्ले राखेको भन्ने खुलेन ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दा सोही रेष्टुरेन्टमा केहीदिन बसेर गएका युवकलाई शंका शंका गर्यो। उनले होटल संचालकसँग झगडा गरेको पनि खुल्यो । उनी थिए, काभ्रेका रवीन तामाङ । त्यसपछि उनलाई सोधपुछ गर्दा उनले प्रहरीसामु आफूले नै त्यो बम जस्तो बनाएर कुकर राखेको स्वीकारेको प्रहरीको भनाइ छ ।

उनले आफूले मादक पदार्थ पीएको बेला रेष्टुरेन्ट संचालकसँग झगडा गरेको र तर्साउन बम जस्तो देखिने वस्तु राखिदिएको प्रहरीसामु बताएको बताइएको छ । उनलाई पक्राउ गरि थप अनुसन्धान जारी राखेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology