Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोटरसाईकल चलाउदै गरेका युवकको आफैले ओढेको रेनकोट पासो लागेर मृत्यु


4.9K
Shares

मोटरसाईकल चलाउदै गरेका युवकको आफैले ओढेको रेनकोट पासो लागेर मृत्यु

सोलुखुम्बु ६ भदौं । मोटरसाईकल चलाउदै गरेका युवकको आफैले ओढेको रेनकोट पासो लागेर मृत्यु भएको छ । माप्यदूधकोशी गाउँपालिका ५ कागतेमा वडा नम्बर २ घर भएका ३० वर्षीय सुमन राईको आफैले ओडेको रेनकोट पासो लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ घरबाट सल्लेरीतर्फ जाने क्रममा बा५४प७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार राईको आफैँले ओढेको रेनकोट टायरमा बेरिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरिक्षक कवित कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक सुमनको घाँटीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा कुनै चोट छैन।

वर्षातको पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल तथा स्कुटरको चेन तथा टायरमा बेरिँदा दुर्घटना हुने गरेको उहाँको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology