Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिरानचोकमा पहिरोमा ज्यान गुमाएका परिवारलाई काग्रेस नेताको पहलमा आर्थिक सहयोग


3.3K
Shares

सिरानचोकमा पहिरोमा ज्यान गुमाएका परिवारलाई काग्रेस नेताको पहलमा आर्थिक सहयोग

गोरखा ५ भदौं । गोरखाको सिरानचोक गाउँपालिका पहिरोमा परि ज्यान गुमाएका परिवारलाई काग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको पहलमा सहयोग उपलब्ध गराइएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरेमा गएको जेठ १८ गतेराती घरमाथि बाट खसेको पहिरोले पुरिएर ज्यान गुमाएका रमन प्रसाद पाण्डे र नन्द कुमारी पाण्डेको परिवारलाई ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको हो ।

शनिबार तनहुँको दमौलीमा गोरखाका र तनहुँका पहिरो पिडितलाई आर्थिक सहयोग गरिएको नेपाली काँग्रेस तनहुँका सचिव बिश्व बास्तोलाले जानकारी दिनुभयो । पहिरोमा परि मृत्यु भएका परिवारलाई पूर्वमन्त्री समेत रहनु भएका बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै पहिरोमा परि ज्यान गुमाउने व्यासनगरपालिका–१ निर्मलबस्ती निवासी सरस्वती घर्ती,बन्दिपुर गाउँपालिका–३ तामुङका सरस्वती थापा र हरिमाया सार्की, ऋषिङ गाउँपालिका–७ की देवीसरा थापा,वडा नं ८ का खुमबहादुर आलेको परिवारलाई आर्थिक सहयोग गरिएको हो । उहाँहरुको परिवारलाई प्रतिपरिवार पच्चीस हजारका दरले आर्थिक सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology