गोरखा ५ भदौं । भिरबाट लडेर गम्भीर घाइते भएका गोरखा एक युवकको आज उद्धार गरिएको छ । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ३ उहियाका धनबहादुर गुरुङ हेलिकप्टरबाट उद्धार गरि उपचारका लागि ल्याइएको हो ।
बाढी र पहिरोले सडक तथा पैदल मार्गबाट उपचारका लागि अस्पतालसम्म पुर्याउन सम्भव नभएपछि गएको ३ दिनदेखि समस्या रहेका गुरुङको जनता समाजबादी पार्टी गोरखाको पहलमा उद्धार गरिएको हो ।
गण्डकी परदेश उर्जा सिन्चाइ तथा खानेपानी मन्त्री समेत रहनुभएका जसपा केन्दिय सदस्य हरिश,ण आर्चाइको हेलिकप्टरबाट उपचार गरि अहिले काठमाण्डौ उपचार भइरहेको जनाइएको छ ।
