Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चर्चित हास्य कलाकार ‘बखते’ को निधन


8.9K
Shares

चर्चित हास्य कलाकार ‘बखते’ को निधन

काठमाण्डौं ५, भदौं । हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । कोरोना सङ्क्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आज विहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना हुनुभएको थियो ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको थियो ।

उहाँका परिवारमा सवै कोरोना सङ्क्रमित छन् । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology