Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो


3.4K
Shares

चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो

बर्दिया ४ भदौं । चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षीया बालिका कमला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

घरनजिकै मकैबारीको छेउमा खेलिरहेको अवस्थामा जंगलबाट आएको चितुवाले आक्रमण गरी उहाँलाई घाइते बनाएको थियो ।घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

बालिकाको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology