गोरखा ३, भदौं । गोरखामा आज एक बालकको शव फेला परेको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बर्खेघाट स्थित त्रिशुली नदी किनारमा एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अन्दाजी ४ बर्षका बालकको पहिचान हुन भने नसकेको प्रहरीको भनाई छ । स्थानीयले नदीको किनारामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।