Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा निषेधाज्ञा कार्यान्व्यन प्रहरी संक्रिय : उल्लघंन गर्ने ३५ सवारी कारवाही !


2.9K
Shares

गोरखामा निषेधाज्ञा कार्यान्व्यन प्रहरी संक्रिय : उल्लघंन गर्ने ३५ सवारी कारवाही !

गोरखा ३, भदौं । गोरखाको विभिन्न स्थानमा निषेधाज्ञा उल्लघंन गर्ने ३६ सवारी साधान कारवाहीमा परेका छन् । कोरोना महामारी बढेको भन्दै भाद्र २ गते देखी कडा प्रकारको निषेधाज्ञा जारी गरेको भएता पनि विना प्रयोजन सवारी साधान लिएर हिड्ने ३६ सवारी साधान कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको हो ।

निषेधाज्ञाका बेला पनि सवारी साधानमा मानिस बोेकेको भन्दै बुधबार प्रहरीले ३ वटा बोलेरोलाई नियन्त्रणमा लिएर कारवाहीकालागी प्रशासन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो । प्रशासनले ति बोलेरो जिपलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरेर अब देखि त्यस्तो गल्ती नगर्ने शर्तमा छाडेको छ ।

त्यस्तै गरी बुधबार नै २५ मोटर साईकल, ३ वटा ट्रक र १ वटा कार र ४ वटा बोलेरो जीपलाई नियन्त्रणमा लिएर जरिबाना गरेर छाडीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले महामारीको यो बेला सामान्य गल्तीले पनि संक्रमण फैलन सक्ने भन्दै सरकारले निर्देशन अनुसार चल्न सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology