स्याङ्जा २ भदौ । कुखुरे खोलाले बगाएका एक पुरुषको शव भेटिएको छ । स्याङ्जा फेदिखोला गाउँपालिका २ कुखुरे खोलाको कलबट मुनि पानीमा अन्दाजी ४० बर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
भेटिएका पुरुषको अहिले सम्म पहिचान हुन भने सकेको छ । मृतक व्यक्तिको पहिचानका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।