दाङ २ भदौ । दाङको देउखुरी क्षेत्रमै पहिलो पटक सामुदायिक विद्यालयका लागि अहिलेसम्मकै ठुलो धन राशिको अक्षयकोष स्थापना गरिएको छ । लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर दाङ निबासी हरिहर गौतमले आफ्नो दिवंगत जीवन संगिनीको सम्झनामा ५० लाख रुपैयाँ राशिको नेत्र कुमारी स्मृति अक्षय कोष स्थापना गर्नुभएको हो ।
वार्षिक पुण्य तिथिको अवसर पारेर आज आफ्नै निवास लमहीमा आयोजित एक कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ स्थित आर्दश मावि देउपुरलाई ५० लाख रुपैयाँ राशिको अक्षयकोष विद्यालयको नाममा स्थापना गरिएको अक्षयकोष दाता हरिहर गौतमले जानकारी गराउनुभयो । स्वर्गिय नेत्र कुमारी गौतमको २०७७ साल साउन १५ गते निधन भएको थियो ।