Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना उच्च जोखिमका कारण भीमसेन थापा गाउँपालिका कार्यालय बन्द


4.3K
Shares

कोरोना उच्च जोखिमका कारण भीमसेन थापा गाउँपालिका कार्यालय बन्द

गोरखा २, भदौं । गोरखाको भीमसेन थापा गाउँपालिकाले आजदेखि सवै पालिकाले प्रदान गर्दै आएका सवै सेवा तत्कालका लागि बन्द गरेको छ । कोभिड संक्रमणको जोखिमका कारण जिल्ला भर कडा निषेधाज्ञा लागू भएपछि गाउँपालिकाले आजेदेखि भदौं ११ गतेसम्मका लागि पालिकाले प्रदान गर्दै आएको अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गरि भीमसेन थापा गाउँपालिका पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले थप सम्भावित संक्रमणलाई मध्यनजर गर्दै गाउँ कार्यापालिकाले कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

सूचनामा पालिका भित्रका स्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवा, तथा वडा कार्यालयहरुबाट प्रदान हुने अत्याबश्यक बाहेका सवै सेवाहरु बन्द गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology