गोरखा १, भदौं । मालपोत कार्यालय गोरखाले भोलिदेखि कार्यालयबाट प्रदान गरिदै आएको सवै सेवा बन्द गर्ने निर्णय गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण जिल्लामा बिभिन्न स्थानमा बढ्न थालेपछि संक्रमणको रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि भोलिदेखि ११ गतेसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कार्यालयले जारी गरेको सूचनामा जनस्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने अबस्थालाई मध्यनजर गर्दै अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । कार्यालयले यसअघि संक्रमणको जोखिमलाई ख्याल गर्दै पालिका अनुसार दिदै आएको सेवा तत्कालका लागि रोकेको जनाएको छ ।