Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माछा पोखरीमा डुबेर एक युवकको मृत्यु


2K
Shares

माछा पोखरीमा डुबेर एक युवकको मृत्यु

सप्तरी १, भदौं । माछा मार्ने क्रममा पोखरीमा डुवेर एक व्यक्तिको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

आज बिहान करिब ८ बजेको समयमा घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न गएका डुवेर मृत्यु भएको हो । अचानक पानीमा लडेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।

स्थानीयहरूले अचेत अवस्थामा देखेपछि उपचारको लागि उहाँलाई युनिक अस्पताल रुपनी पु¥याएको थियो । अस्पताला पु¥याए लगत्तै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology