Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सङ्क्रमितको संख्या बढ्दै गएपछि नुवाकोटमा पनि थपियो निषेधाज्ञा


1.9K
Shares

सङ्क्रमितको संख्या बढ्दै गएपछि नुवाकोटमा पनि थपियो निषेधाज्ञा

नुवाकोट १, भदौं । कोभिड–१९ सङ्क्रमितहरू बढेपछि नुवाकोटमा फेरि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नुवाकोटमा भदौ १० गतेसम्म निषेधाज्ञा थपेको हो । दैनिक रूपमा कोभिड १९ को सङ्क्रमित र मृत्युदर बढेपछि निषेध आदेश थपिएको नुवाकोट प्रशासनले जनाएको छ ।

गएराति १२ बजेदेखि यही भदौ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । महामारी नियन्त्रणका लागि गरिएको निषेध आदेशको पालना नगरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology