चितवन ३२, साउन । रातको समयमा तरबार बोकी हिड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला चितवन रत्न नगर नगरपालिका वडा नम्बर ११ सित्तलटोल स्थित सार्बजनिक कच्ची सडक खण्डमा राती १० बजेको समयमा तरबार बोकेर हिड्दै गर्दा प्रहरीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला चितवन रत्न नगर नगरपालिका वडा नम्बर ११ सितलटोल बस्ने बर्ष ३२ को सरोज तामाङ र सोही ठाउँका बर्ष २० का समिर नेपाली रहेको प्रहरीले पुष्टी गरेको छ ।
फलामको धारिलो धार भएको २ फिट ८ ईन्च लामो तरबार १ थान साथमा लिई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामा माथि चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।