Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण : ३५ जनाको मृत्यु


2.3K
Shares

नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण : ३५ जनाको मृत्यु

काठमाण्डौ ३२, साउन । नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १५ हजार ६ सय ११ कोरोना परीक्षण गर्दा ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ हजार ४ सय ५८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६ लाख ८५ हजार १ सय ४० जना स्वस्थ भएका छन् ।

गत २४ घन्टामा देशभर थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यस्तै हाल देशभर ३९ हजार ३ सय ७१ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology