गोरखा, ३२ साउन : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट आज कोरोना बिरुद्धको दोस्रो डोजको खोप पु¥याइएको छ । ढुवानीको अर्को बिकल्प नभएको त्यस क्षेत्रमा सिमिक एयरको हेलिकप्टरबाट दुइ पटक गरेर खोप पु¥याइएको स्वास्थ्य कार्यालय गोरखाको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिनुभयो ।
‘चीनसंग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा १८ बर्षमाथिका सवैलाई कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाई सकिएको छ, उहाँले भन्नुभयो, अहिले भेरोसिलको दोस्रो डोज र कोभिसिल्डको दोस्रो डोज लगाउनु पर्नेहरुका लागि खोप पठाइएको हो ।’ गएको ३ दिनदेखि खोप पठाउन प्रयास गरिएको भएपनि मौसम सफा भएकाले आज मात्र पठाउन सफल भएको निरीक्षक खत्रीले जानकारी दिनुभयो ।
पहिलो चरणको भेरोसिल्ड खोप लगाएका २ हजार ७ सय ८२ जनाका लागि दोस्रो डोजको २ हजार ८ सय ३४ डोज पठाइएको उहाँको भनाई छ । ‘पहिलो मात्राको खोप लगाउन छुट भएकाहरुलाई बाँकी रहेको खोप स्टक राखेर लगाउने गरि खोप पठाइएको छ, निरीक्षक खत्रीले भन्नुभयो, ‘पहिलो मात्राको खोप लगाएका २१ दिनपछि दोस्रो डोजको खोप दिन लागिएको हो ।’
चुमनुब्री गाउँपालिकामा १८ देखि ५४ बर्षसम्मका लागि भेरोसिल र यस अघि कोभिसिल्ड खोप लगाएर दोस्रो डोजको पखाईका रहेका ६५ बर्षदेखि माथिका नागरिकहरुका लागि पनि स्ट्राजेनिका खोप ७ सय ३० डोज पठाइएको उहाँले जानकारी दिनुभयो । ‘हेलिकप्टरबाट पहिलो खेप चुमनुब्री गाउँपालिकाको समागाउँ, ल्हो, बिहि र प्रोकका लागि पठाइएको हो, उहाँले भन्नुभयो दोस्रो चुम्चेत र छेकम्पारका लागि चुम्लिङ तथा सिर्दिबासको लागि फिलिममा खोप पु¥याइएको हो ।’
उहाँले उत्तरी गोरखामा पु¥याएको खोप आजसम्ममा भरिया लगाएर सवै खोप केन्द्रमा पठाइने जानकारी दिनुभयो । ‘खोप झरेको केन्द्रमा लगाउन सुरु भइसकेको छ, निरीक्षक खत्रीले भन्नुभयो, केही खोप केन्द्रहरु हेलिकप्टरले झारेको ठाउँबाट बोकाएर लैजानु पर्ने भएकाले भोलिदेखि मात्र खोप लगाउन सुरु हुन्छ ।’ ल्होबाट सामागाउँ, गापबाट बिहिमा र चुम्चेतबाट छेकम्पारमा खोपकेन्द्र बोकाएर पठाउने उहाँको भनाई छ ।