गोरखा ३२, साउन । गोरखा जिल्लामा भदौ १ गते मध्यरातदेखि निषेधाज्ञा कडा पारिने भएको छ । जिल्ला भित्रने र बाहिरिनेलाई भदौ १ गते राती १२ बजेसम्मका लागि अन्तिम मौका दिदै त्यसपछिको अबधीमा निषेधाज्ञा कडा पारिने प्रमुख जिल्ला शालिकराम शर्मा पौडेलले जानकारी दिनुभयो । जिल्लामा बैशाख २३ गतेदेखि निषेधाज्ञा जारि गरिएको भएपनि कार्यान्वयन फिलतो हुदा संक्रमण दर उच्च भएको भन्दै चौतर्फी आलोचना भएपनि यो पटकको निषेधाज्ञा भने कडा पार्न लागिएको हो ।
‘कडा प्रकृतिको निषेधाज्ञा लागुहुने भएका कारण जिल्ला बाहिरबाट आउने र जिल्लाबाट बाहिरीनेलाई एक दिनको मौका दिइएको प्रमुख जिल्ला शालिग्राम शर्मा पौडेलको भनाई छ । ‘हामी सबै कुरा बन्द गर्दैछौ । त्यसैले जिल्लामा रहेका मानिस बाहिर जान र बाहिर भएका मानिस जिल्ला आउन चाहनेहरुका लागि भदौको १ गते एक दिनको समय दिईएको छ ।’ उहाँले भन्नुभयो ।
जिल्ला प्रसासन कार्यालयले आइबार बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निणर्य अनुसार सबै प्रकारको सभा, सम्मेलन, गोष्टी, तालिम, सेमिनार, भेला, जात्रा तथा महोत्सव गर्न रोक लगाएको छ भने रंगशाला, कभर्ड हल, फुटसल, खेलकुद मैदान, पार्टी प्यालेस, सिनेमा हल, होटल तथा रेष्टुरेन्ट, चिया तथा खाजा पसल, क्लब, डान्स सेन्टर, ब्यूटी पार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी पसल, टेलरिङ, फोटो स्टुडियो, इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक तथा फुटपाथ पसल सम्मे सञ्चालन गर्न रोक लगाएको छ ।
समितिले गरेको निर्णयमा औषधी पसललाई २४ सैं घण्टा खुल्ला गर्न अनुमती दिएको छ भने दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दही, माछा, मासु, कृषिजन्य विउ विजन, मल, पशु पन्छीको दाना बिक्री गर्ने पसलहरु, निर्माण सामाग्री बितरण गर्ने पसलहरु र वर्कसप स्वास्थ्य मापदण्ड अपनाएर बिहान ५ः०० बजेदेखी १०ः०० बजे सम्म खुल्ला गर्न पाउने निर्णय गरेको छ ।
समितिको हिजोको निर्णयले बैंक तथा वित्तिय संस्थाहरुको कारोबार बन्द गराएको छ भने गर्नै परेको खण्डमा बैंकले सार्वजनिक सूचना जारी गरी एक जना ब्यत्तिलाई सम्र्पक ब्यत्ति तोकी अत्यावश्यक बाहेकका अरु काम नगर्न भनेको छ । साथै उत्त अवधीभर कुनै पनि सार्वजनिक तथा निजी सवारी साधान सञ्चालनमा रोक लगाउने निर्णय भएको समितिले जनाएको छ ।