Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको ४ स्थानिय तहमा आज थपिए ४० कोरोना संक्रमित : संक्रिय संक्रमित ५१७ पुग्यो


2.2K
Shares

गोरखाको ४ स्थानिय तहमा आज थपिए ४० कोरोना संक्रमित : संक्रिय संक्रमित ५१७ पुग्यो

गोरखा ३१, साउन । गोरखा जिल्लामा ४ स्थानीय तहहरुमा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको गोरखा अस्पताल, पालुङटार नगरपालिका, धार्चे र भिमसेन थापा गाउँपालिमा गरिएको एन्टिजेन परिक्षणका संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।आज संक्रमण देखिएको गोरखा अस्पतालमा २ जना महिला र ३ जना पुरुष तथा पालुङटार नगरपालिकामा ३–३ जना महिला र पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी धार्चे गाउँपालिकामा १ जना महिला र ४ जना पुरुष तथा भिमसेन थापा गाउँपालिकामा १८ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।आज ८० जना महिला र ७२ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा २४ जना महिला र १६ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।

यता आज पनि प्रदेश स्वास्थ्य निर्देशनालयबाट कुनै पनि पीसीआर परिक्षणको नतिजा प्राप्त नभएको कार्यालयले जनाएको छ । आजै कार्यालयले विभिन्न स्थानबाट ५१ जना महिला र ६२ जना पुरुषका पीसीआर संकलन गरेर निर्देशनालको कार्यालय पोखरा पठाएको जनाएको छ ।आइतबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ५१७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology