Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड


1.7K
Shares

पेट्रोल पम्पमा कार्यरत सहायक निरीक्षकको कमाई एक करोड

काठमाण्डौ ३१, साउन । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ ।

पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानि नोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology