Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निषेधाज्ञाका बेला गोरखामा भदौ १ गतेदेखि के के खोल्न पाईन्छ, के के बन्द हुन्छ हेर्नुहोस !


4.2K
Shares

निषेधाज्ञाका बेला गोरखामा भदौ १ गतेदेखि के के खोल्न पाईन्छ, के के बन्द हुन्छ हेर्नुहोस !

गोरखा ३१, साउन । गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप कडाई गर्दै भदौं १ गतेदेखि ११ दिनसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आइतबार बसेको बैठकको निर्णय अनुसार भदौं १ गतेदेखि ११ गतेराती १२ बजेसम्म लागू हुने गरि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञाको अबधीमा जिल्लाभर अत्याबश्यक बाहेकका सार्वजनिक तथा नीजि सवारी सञ्चालन गर्न समेत रोक लगाइएको छ ।

यसअघि जिल्ला भित्र स्वास्थ्य मापदण्डको पालना गर्ने गरि सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको थियो भने जिल्ला बाहिर प्रसासनको अनुमति लिएर निश्चित सवारी साधन सञ्चालन गर्न दिइएको थियो । अब अत्याबश्क सामाग्री ढुवानीका सवारी साधनमा समेत बढी २ जना मात्र रहन पाउने व्यवस्था गरिएको छ । त्यस्तै बैंङ्क तथा बित्तिय संस्थाहरु भौतिक उपस्थितमा सेवा प्रवाह गर्न समेत रोक लगाइएको छ । जिल्लामा बिद्यमान कोरोना संक्रमण दर, प्रवृति र मृत्युदरको बिश्लेषणका आधारमा  थप कडाईका साथ निषेधाज्ञा जारी गर्नु परेको उहाँले बताउनुभयो ।

निषेधाज्ञाको अबधीमा जिल्लाभर होटल तथा रेष्टुरेन्ट, चिया, खाजा पसल, कपडा पसल शैलुन, सुनचाँदी पसल, फोटो स्टडियो, इलेक्टिक इलेक्टेनिक पसल तथा फुटपाथ पसलहरु सञ्चालन गर्न पनि रोक लगाइएको छ । जिल्ला भित्र अत्याबश्यक काम बाहेक घरबाट निस्कन तथा हिडडुल गर्न नपाउने, एम्बुलेन्स शववाहन, दमकल, खाद्य सामाग्री, पशुपन्छी तथा पशुपन्छीका दाना, तरकारी फलफुल, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन बैकं तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले पोशाक तथा परिचय पत्रका आधारमा मात्र आवातजावत गर्ने पाउनेछन् ।

निषेधाज्ञाका बेला विवाह, ब्रतबन्ध एवम अन्य संस्कारजन्य कार्य होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने र घरमा गर्दा समेत १० जना भन्दा बढी सहभागी हुन नपाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । त्यस्ता कार्यमा सवारी साधनको प्रयोग गर्नुपर्ने भएमा एक पक्षले बढीमा ५ जना मात्र एउटा सवारी साधनको प्रयोग गर्न पाउने उहाँले बताउनुभयो । निषेधाज्ञाको अबधीमा औषधी पसल, पेट्रोल पम्प तथा स्वास्थ्य संस्थाहरु भने २४ सै घण्टा खुल्ला गर्न पाइनेछ ।

त्यस बाहेक फलफुल, दुध तथा दहि, कृषिजन्य विउविजन, मल तथा दाना पसल, निर्माण सामाग्री बिक्री बितरण गर्ने पसलहरु र वर्कसप भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरि बिहान ५ बजेदेखि १० बजेसम्म सञ्चालन  गर्न पाउने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण दर तिव्र गतिमा बढीरहेकाले जिल्ला भित्र त्यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि कोरोना परीक्षणको दायरा फराकिलो बनाउने निर्णय बैठकले गरेको छ ।

बैठकले संक्रमितको सम्र्पकमा रहेकाहरुको पहिचान गर्न कन्ट्रयाक्ट ट्रेसिङको काम तिव्र पार्ने सार्थ कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरुको एन्टिजेन तथा पिसिआर बिधिबाट परीक्षण कार्य सवै स्थानीय तहमा बढाउने निर्णय डिसिएमसीको गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology