Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्लामा फेरि १० दिन निषेधाज्ञा थप: भदौ १ गतेदेखि सवै सेवा बन्द गर्ने निर्णय


12.7K
Shares

गोरखा जिल्लामा फेरि १० दिन निषेधाज्ञा थप:  भदौ १ गतेदेखि सवै सेवा बन्द गर्ने निर्णय

गोरखा ३१, साउन । गोरखा जिल्लामा पुनः १० दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला भित्र संक्रमण दर उच्च हुदै गएपछि अब १० दिन कडाईका साथ निषेधाज्ञा लगाउने निर्णय भएको हो । नवौ पटक भदौ १ गतेदेखि १० गतेसम्म सबै प्रकारको सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा आज बसेको डिसिसिएमसीको बैठकले बैंक, यातायात, पसल तथा सवारी साधन बन्द गराउने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमणदर ह्वात्तै बढेको भन्दै बैठकमा सहभागीहरुले कडा प्रकारको निषेधाज्ञा गर्न सुझाव दिए पछि सरकारी कार्यालय सँगै यातायात, ब्यापार ब्यवसाय, बैंक तथा बित्तिय संस्था बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यस अघि जारी गरिएको निषेधाज्ञा भने साउन ३२ गते अर्थात सोमबार राती १२ः०० बजे सकिदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology