काठमाण्डौं ३१, साउन । प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई बालाजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका घर भएका कान्छालाल मोक्तान र धनबहादुर योञ्जन छन् ।
मकवानपुरबाट खबटा बेच्न काठमाण्डौ आएका बेला केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ किलो ५ सय ग्राम सालकको खबटा बरामद गरेको छ ।
उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।