Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा आज थपिए १८ जना कोरोना संक्रमित


2.8K
Shares

गोरखा जिल्लामा आज थपिए १८ जना कोरोना संक्रमित

गोरखा ३०, साउन । गोरखा जिल्लामा आज थप १८ जना कोरोना संक्रमित थपिएका छन् । । जिल्लाको ६ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा संक्रमित भेटिएका हुन । गोरखा अस्पताल, आरुघाट, धार्चे, शहिद लखन, भिमसेन थापा र सिरानचोक गाउँपालिमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

२५ जना महिला र २३ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा ११ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा १ जना महिला र ४ जना पुरुष, आरुघाट र धार्चे गाउँपालिकामा १–१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी शहिद लखन गाउँपालिकामा ६ जना महिला, भिमसेन थापा गाउँपालिकामा १–१ जना महिला र पुरुषका साथै सिरानचोक गाउँपालिमा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।

जिल्लाबाट प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाईएको पीसीआर परिर्पोट भने केही दिन देखी नतिजा प्राप्त गर्न नसकिएको कार्यालयले जनाएको छ । आजै कार्यालयले केही गाउँपालिमा ६० जना महिला र ५३ जना पुरुषको स्वाब संकलन कार्य सम्पन्न गरेको छ । शनिबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ५१८ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology