Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाको बोर्लाङमा आमा छोराले नै गरे झुण्डिएर आत्माहत्या


17.3K
Shares

गोरखाको बोर्लाङमा आमा छोराले नै  गरे झुण्डिएर आत्माहत्या

गोरखा ३०, साउन । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित महादेवटारमा आमा छोराले नै झुण्डिएर आत्माहत्या गरेका छन् । छोराले आत्माहत्या गरेको भोलिपल्ट आमाले पनि पासो लगाएर आत्माहत्या गरेको अबस्था भेटिएको जिलला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीबार साँझ अर्थात २८ गते २० वर्षिय राजकुमार दरैले घरभित्रै झुण्डिएर आत्महत्या गरेकै भोलीपल्ट २९ गते राती सैतनी आमा ३४ वर्षिय नरिमाया दरै घरभित्रै झुडिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।

घर परिवार भित्र आमा छोराको सामान्य विवाद भई रहने भएता पनि आत्माहत्या गर्नुको कुनै कारण भने खुल्न नसकेको डिएसपी दाहालले बताउनुभयो । मृतक छोरा भने टिपर चालक भएको बुझ्न आएको छ ।

छोराको मृत्युपछि सैतेनी आमालाई परिवार तथा केही ब्यत्तिहरुले छोराको मृत्युको कारण आमा भएको भन्ने गाउँलेबाट कुरा सुन्न थालेपछि आमा नरिमायाले आफु पनि मर्छु भन्ने अभिब्यक्ति दिएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मृत्यु शंकास्पद नदेखिएता पनि शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology