पाल्पा ३०, साउन । बुबाले मकैबारीमा लुकेर स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मुत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय धनबहादुर लम्तारीको आफ्नै बावुले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
५६ वर्षका कर्णबहादुर लम्तारीले जंगली स्याललाई बन्दुकले हान्ने क्रममा छोरालाई लागेको प्रहरीको भनाई छ । मकैबारीमा लुकेर स्याललाई बन्दुकले हान्दा छोरा धनबहादुरलाई लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्णबहादुरसहित बन्दुक नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ