Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पहिराले पुरिएर सुनारको ज्यान गयो


1.7K
Shares

पहिराले पुरिएर सुनारको ज्यान गयो

बुटवल ३०, साउन । निर्माणधिन घरमा पहिरो खस्दा एक मजदुरको ज्यान गएको छ । पाणिनी-५ का मेघराज घिमिरेको निर्माणाधीन घरमा प्लास्टरको काम गरिरहेका बेला शुक्रबार साँझ माथिबाट आएको पहिरा पुरिंदा मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षण गणेश खनालले जानकारी दिनुभयो ।

पहिरामा पुरिएर ज्यान गुमाउनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका ६ लामडाँडाका ४३ वर्षीय मनबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टम पछि आज परिवारलाई बुझाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology