गोरखा २९, साउन । गोरखा जिल्लामा कोरोनाको संक्रिय संक्रमितको संख्या ६५१ पुगेको छ । जिल्लामानोबल कोरोना भाइरस कोभिड–१९ बाट आज थप १४ जनामा संक्रमण पुष्टी भएको छ । गोरखा अस्पताल, पालुङटार नगरपालिका, धार्चे र भिमसेन थापा गाउँपालिकामा गरिएका एन्टिजेन परिक्षणका क्रममा शुक्रबार १४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा र पालुङटार नगरपालिकामा १–१ जना महिला र पुरुष, धार्चे गाउँपालिकामा १ जना महिला र भिमसेन थापा गाउँपालिकामा ८ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ । आज ३८ जना महिला र २९ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको हो ।
शुक्रबार जिल्लाको कुनै पनि स्थानिय निकायको पीसीआर रिर्पोट प्राप्त नभएको कार्यालयले जनाएको छ । शुक्रबार नै विभिन्न स्थानिय तहमा ४७ जना महिला र ३६ जना पुरुषको पीसीआर संकलन गरिएको छ ।