Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबैध लागू औषध सहित २ जना पक्राउ


2.1K
Shares

अबैध लागू औषध सहित २ जना पक्राउ

काठमाडौं, २९ साउन । प्रहरीले अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध ३ सय ९९ थान डाइजेपाम, ३ सय ९० थान नुफिन, ४ सय थान फेनारगन र ९ सय चक्की नाइट्राभेट सहित उनिहरुलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसांङ्खु गाउँपालिका ७ घर भएका ४२ वर्षीय बुद्ध गुरुङ र काठमाडौं कपन जोरधार बस्ने उदयपुर गढी गाउँपालिका ७ घर भएका ३० वर्षीय शिब कुमार गिरी रहेका छन् ।

उनिहरुलाई बुढानिलकण्ठ नगरपालिका १२ कपन मुस्कान चोकबाट पक्राउ गरिएको हो । दुबै जना माथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology