Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अधिकांश स्थानमा वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षा हुने


2.3K
Shares

अधिकांश स्थानमा वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौं २९, साउन । आज पनि देशभरको मौसम प्रतिकुल हुने भएको छ । हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो पनि देशका अधिकाँश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ ।

राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology