रुपन्देही २८, साउन । पछिल्लो समय महिला हिसां र बलात्कारका घटना बढी रहेका बेला एक गाउँपालिका अध्यक्ष नै बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेको प्रहरीले जनाएको छ। उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् ।
स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन् । उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।