Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखा जिल्लामा आज थपिए ८५ जना कोरोना संक्रमित


2.7K
Shares

गोरखा जिल्लामा आज थपिए ८५ जना कोरोना संक्रमित

गोरखा २८, साउन । गोरखाको विभिन्न स्थानिय तहमा आज ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।जिल्लाको गोरखा र पालुङटार नगरपालिकाका साथै गोरखा अस्पताल, आरुघाट, भिमसेन थापा , गण्डकी, धार्चे, शहिद लखन र अजिरकोट गाउँपालिकामा गरी मंगलबार थप ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

आज सबै भन्दा धेरै पीसीआर तर्फ ६० जना र एन्टिजेन तर्फ २५ जनामा संक्रमण देखिएको छ ।संक्रमण देखिएका मध्ये ४६ जना महिला र ३८ जना पुरुष रहेका छन् ।संक्रमण देखिएका मध्ये पीसीआर तर्फ गोरखा नगरपालिकामा १ जना महिला, आरुघाट गाउँपालिकामा २४ जना महिला र २० जना पुरुष तथा भिमसेन थापा गाउँपालिकामा ९ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी एन्टिजेन तर्फ गोरखा अस्पतालमा ४ जना महिला र २ जना पुरुष, पालुङटार नगरपालिकामा ४ जना महिला र ७ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला, अजिरकोट गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।

उता गण्डकी गाउँपालिकामा १ जना पुरुष, धार्चे गाउँपालिका १ जना महिला, अजिरकोट र सिरानचोक गाउँपालिकामा १–१ जना महिला तथा शहिद लखन गाउँपालिमा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । मंगलबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ८२० जना सक्रिय संक्रमित पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology