Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भजनकिर्तन भइरहेका बेला माइकबाट करेन्ट लागेर २ जनाको ज्यान गयो


4.8K
Shares

भजनकिर्तन भइरहेका बेला माइकबाट करेन्ट लागेर २ जनाको ज्यान गयो

धनुषा २७, साउन ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ का ५४ वर्षका विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन् । क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सामा हिजो साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरीले जनाएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएका दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology