Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लोहोराले हानेर श्रीमतीको हत्या


3.2K
Shares

लोहोराले हानेर श्रीमतीको हत्या

कास्की २६, साउन । मादक पदार्थ सेवन गरेर एक व्यक्तिले लोहोराले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । मंगलबार बिहान माछापुच्छ्रे गाउँपालिका वडा नं –२, बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा मृत्यु हो ।

श्रीमानले लोहोरो प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेर घाइते हुनुभएकी उहाँलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।

घटनापछि घटनास्थलमा खटिएको प्रहरीको टोलीले श्रीराम कामीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले उपरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology