Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको आरुघाटमा मात्रै ४३ जनामा कोरोना संक्रमित भेटियो


4.1K
Shares

गोरखाको आरुघाटमा मात्रै ४३ जनामा कोरोना संक्रमित भेटियो

गोरखा २६, साउन । गोरखाको आरुगाउँपालिकामा मात्र आज ४३ जनामा कोरोना संक्रमित भएको पुष्टी भएको छ । संक्रमण देखिएका सबै आरुघाट गाउँपालिका ९ आरुघाट बजार क्षेत्रको भएको गाउँपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख बिजय श्रेष्ठका अनुसार सोमबार बिद्युत चोकमा गरिएको पीसीआर रिर्पोट प्राप्त हुदा १९ जना महिला र २३ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी आजै एन्टिजेन परिक्षणका क्रममा थप १ जना महिलामा समेत संक्रमण देखिएको छ ।

आरुघाट गाउँपालिकामा गएको साता देखी संक्रमण दर उच्च देखिन थालेको छ । उत्तरी गोरखा जाने मुख्य बजार भएको आरुघाटमा आउजाउमा खुकुलो पना आए संगै संक्रमण दैनिक रुपमा देखिन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology