गोरखा २६, साउन । गोरखामा खोलाले बगाएका एक पुरुषको ८ दिन पछि आज दाहिने खुट्टा मात्र भेटिएको छ । भेटिएको खुट्टा साउन १९ गते गोरु किनेर घर तर्फ आउने क्रममा खोलाले बगाएका आरुघाट गाउँपालिका १ श्यामचेतका ४२ बर्षिय सानुकमल गुरुङको खुट्टा सोती पुलमुनी फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
गुरुङ गोरु किनेर घर तर्फ आउने क्रममा पुलबाट गोरु गर्न नसक्ने भएपछि डुडुरे खोलाबाट तार्ने क्रममा साँझ ६ बजे खोलाले बगाएर बेपत्ता भएका थिए ।
मंगलबार दिउसो १२:१५ बजे आरुघाट गाउँपालिका ४ को सोती स्थित सोती र मान्बु जोड्ने पक्की पुलमुनी बुढी गण्डकी नदीमा स्थानियले मानिसको दाहिने खुट्टा फेला परेको जानकारी प्रहरीलाई दिएपछि घटना स्थल पुगेको प्रहरीले सानुकमलका परिवारजनलाई देखाउदा हराई रहेका सानुकमलकै भएको पुष्टी गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
फेला परेको खुट्टाको बुढी औलाबाट परिवारले हराई रहेका सानुकमलको हो भनि पहिचान गरे संगै प्राप्त शरिरको अंग प्रहरीले आरुचनौटे प्रार्थमिक स्वास्थ्य केन्द्र आरुघाटल्याएको छ । प्रहरीका अनुसार शरिरको अन्य भागको पनि खोजी भई रहेको जनाएको छ ।