Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा आज १२५ जनामा कोरोना पुष्टी : कहाँ कति संक्रमित हेर्नुहोस !


2.4K
Shares

गोरखा जिल्लामा आज १२५ जनामा कोरोना पुष्टी : कहाँ कति संक्रमित हेर्नुहोस !

गोरखा २६, साउन । गोरखा जिल्लामा आज १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा र पालुङटार नगरपालिकाका साथै गोरखा अस्पताल, आरुघाट, भिमसेन थापा , बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा गरी मंगलबार थप १२५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

आज सबै भन्दा धेरै पीसीआर तर्फ ९६ जना र एन्टिजेन तर्फ २९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ६४ जना महिला र ६१ जना पुरुष रहेका छन् । संक्रमण देखिएका मध्ये पीसीआर तर्फ गोरखा नगरपालिकामा १३–१३ जना महिला र पुरुष, पालुङटार नगरपालिकामा १५ जना महिला र १३ जना पुरुष तथा आरुघाट गाउँपालिकामा १९ जना महिला र २३ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी एन्टिजेन तर्फ गोरखा अस्पतालमा २ जना महिला र ३ जना पुरुष, पालुङटार नगरपालिकामा १–१ जना महिला र पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला, अजिरकोट गाउँपालिकामा १ जना महिलामा संक्रमण देखिएको छ ।

उता भिमेसन थापा गाउँपालिकामा ८–८ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने बारपाक सुलिकोट गाउँपालिकामा ८ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।मंगलबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ८८३ जना सक्रिय संक्रमित पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology