Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा कोरोना संक्रमणबाट एक शिक्षकको ज्यान गयो


5.7K
Shares

गोरखामा कोरोना संक्रमणबाट एक शिक्षकको ज्यान गयो

गोरखा २६, साउन । गोरखा सदरमुकामा कोरोना संक्रमणबाट एक शिक्षकको ज्यान गएको छ । गोरखा नगरपालिका ७ को डण्डीडाडाँमा रहेको नवज्योती माविमा अध्यापन गराउदै आउनु भएका शिक्षक ऋषिराम लामिछानेको आज राजधानीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

साउन पहिलो साता कोरोना संक्रमण देखिएका उहाँलाई असहज भए पछि गोरखा अस्पताल भर्ना गरिएको भएता पनि थप उपचारको लागी राजधानीको बीर अस्पतालमा पु¥याइएको थियो । तर बीर अस्पतालमा पनि भेन्टिलेटरको अभाव भएपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार उपचारका लागि भर्ना गरिएको थियो । शिक्षक लामिछानेको आज निधन भएको बिद्यालयका प्रधानाध्यापक शिवराम कट्टेलले जानकारी दिनुभयो ।

‘अनलाईन कक्षा चलाउदा चलाउदै असज महशुस गरेपछी उपचारकोलागी पठाइएको थियो तर आजदुखद खबर प्राप्त भयो’ प्रधानध्यापक कट्टेलले भन्नुभयो । २०५० साल असार ३० गते स्थायी नियुत्ती लिएका उहाँले नेपाली बिषय पढाउदै आउनुभएको थियो । साहित्यमा विशेष दख्ल भएका लामिछानेलाई ‘गोर्खाली काईला’को उप नामले समेत चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology