Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

पृथ्वीराजमार्गमा मोटरसाईकल दुर्घटना पर्यो : एकको मृत्यु २ जना घाइते


2.2K
Shares

पृथ्वीराजमार्गमा मोटरसाईकल दुर्घटना पर्यो : एकको मृत्यु २ जना घाइते

काठमाण्डौं २६, साउन । पृथ्वीराजमार्ग अन्र्तगत पर्ने चितवनको कुरिनटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गइरहेको ग १६प ५५३१ नम्बरको मोटरसाइकल दिउँसो १२: ३० बजेको समयमा ईच्छाकामना गाउपालिका–३ कुरिनटारमा एक आपसमा जुँधेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ठक्करमा परी ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजा पुतली बजार नगरपालिका–४ का २६ वर्षका सुशील पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पोख्रेललाई उपचारको लागि भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा पठाइएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

अन्य घाइतेहरु बा६४प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुर कौवादुङमा गाउ पालिका–४ का २४ ववर्षीय सन्दिप बस्नेत र सोही ठाउँ बस्ने २१ वर्षिय जय कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology