नवलपरासी २६, साउन । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको ज्यान गएको छ । जिल्लाको बर्दघाटमा गएराती ९ बजे लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते हुुनुभएका वाग्लेको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँलाई पदैल हिडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो । काठमाडौं बसुन्धारा घर भएका वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत हुनुहुन्थ्यो ।
वाग्लेलाई ठक्कर दिने मोटरचालक सुनवल नगरपालिका १ का दीपेन्द्र पुन पनि गम्भीर घाइते हुनुभएको छ । उहाँको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।