Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा ५ बर्षिया बालिका बलात्कारको आरोपमा ७२ बर्षका बृद्ध पक्राउ


6.9K
Shares

गोरखामा ५ बर्षिया बालिका बलात्कारको आरोपमा ७२ बर्षका बृद्ध पक्राउ

गोरखा २५, साउन ः गोरखामा बालिका बलात्कारका आरोपमा ७२ बर्षका एक बृद्धलाई प्रहरीले पक्राउ परेका छन् । जिल्लाको अजिरकोट गाउँपालिका घर भएका लेखनाथ खनाललाई ५ बर्षिया बालिका माथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

पक्राउ परेका खनालले मादक पर्दाथ सेवन गरी सोही ठाउँकी एक बालिकालाई जबरजस्ती करणी गरेको भनि पिडित बालिकाको आमाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो । उनले ललाई फकाई नावालिकालाई आफ्नै घरमा कोही पनि नभएको समयमा करणी गरेको पिडितले बताएको डिएसपी दाहालले जानकारी दिनुभयो ।

बालिकाले घटनाको बारेमा आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । उनलाई जिल्ला अदालत गोरखाबाट आज ७ दिनको म्याद थप गरि जबरजस्ती करणी शिर्षकमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology