Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका ३१ बर्षिय युवकले गरे मलेसियामा आत्माहत्या


9.1K
Shares

गोरखाका ३१ बर्षिय युवकले गरे मलेसियामा आत्माहत्या

गोरखा २५, साउन । गोरखाका ३१ बर्षिय युवकले गरे मलेसियामा आत्माहत्या गरेका छन । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेका बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी निवासी ३१ बर्षिय अमर गुरुङले झुन्डिएर आत्माहत्या गरेका हुन् ।

पासपोर्ट नम्बर ०५४६०७१३ नम्बर भएका गुरुङला२ कोरोना भए पछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक गुरुङ लामो समयदेखि मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको मङ्गोजरी रेष्टुरेन्टमा काम गर्दै आएको र पछि रेष्टुरेन्ट मालिक संगको विवाद पछि पछिल्लो समय एक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डको काम गर्दै आएको उनका सहकर्मीहरुले जानकारी दिए ।

मलेसियाको नियम अनुसार १० बर्ष त्यहाँ बसे पछि नयाँ भिसा बनाउनु पर्ने वा घर फर्कनु पर्नेमा दुवै काम रेष्टुरेन्ट मालिकले गर्न नमाने पछि गुरुङको विवाद भएको थियो ।

साउन १९ गते कोरोना चेक जाँच गरेका उनलाई पोजेटिभ देखिएको अमरका आफन्त सन्दीप गुरुङले जानकारी दिए । सन्दिपका अनुसार अमर होम क्वारेन्टाइनमा बसेको बेला घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology