तनहुँ २४, साउन । बिश्व अदिबासी दिवसको अबसरमा एक स्थानीय तहले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । तनहुँको व्यासनगरपालिकाले विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । साउन २५ गते सोमबारका दिन बिश्व आदिबासी दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
गत बर्ष गण्डकी प्रदेश सरकारले निर्णय गरि सार्वजनिक बिदा दिएपनि यसबर्ष नगरपालिकाले नै सार्वजनिक बिदा दिएको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
2०७६सालदेखि सार्वजनिक बिदा दिन शुरुवात गरेको नगरपालिकाले यसबर्ष पनि दिन लागेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्न्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो । नगरपालिकाले उक्त दिन सार्वजनिक दिा दिएर सम्मान गरेकोले जिल्लाका सम्पूर्ण आदिबासीहरु खुशी भएका छन् ।