Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाडौंमा भोली र पर्सि कोभिशिल्डको दोस्रो मात्रा लगाइने


3.1K
Shares

काठमाडौंमा भोली र पर्सि कोभिशिल्डको दोस्रो मात्रा लगाइने

काठमाण्डौं २४, साउन ।  भोली र पर्सि काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णय अनुसार काठमाडौं महानगरपालिका सहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्य रुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ । उल्लेखित नगरपालिकाको खोप केन्द्र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउँदा कायम भएका केन्द्रहरु नै तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology