गोरखा २४, साउन । गोरखा जिल्लामा आज थप ६५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । आइतबार जिल्लाको ७ स्थानिय तहमा पीसीआर र एन्टिजेन मार्फत परिक्षण गर्दा थप ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । शनिबार जिल्लाको २ स्थानिय तहमा ७१ जनामा संक्रमण देखिएको थियो । जिल्लामा कोरोना संक्रमण दिनदिनै बढ्नुमा आफ्नै कमजोरी रहेको भन्दै स्वास्थ्य बिज्ञहरुले भिडभाडमा नजान र स्वास्थ्यको बिशेष ख्याल गरी घरमा नै बस्न अनुरोध समेत गरेका छन् ।
आज गोरखा अस्पताल, पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा संक्रमितहरु भेटिएको हो । स्वास्थ्य कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ आरुघाट गाउँपालिकामा २६ जनामा संक्रमण देखिएको छ । जसमा १५ जना महिला र ११ जना पुरुष रहेका छन् ।
त्यस्तै गरी एन्टिजेन तर्फ गोरखा अस्पतालमा १ जना महिला र ८ जना पुरुष, पालुङटार नगरपालिकामा १ जना पुरुष, आरुघाट गाउँपालिकामा ६ जना महिला, शहिद लखन गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ । उता भिमसेन थापा र सिरानचोक गाउँपालिकामा ४/४ जना महिला र ५/५ जना पुरुष र अजिरकोट गाउँपालिकामा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ । आज संक्रमण देखिएका मध्ये ३४ जना महिला र ३१ जना पुरुष रहेका छन् ।
आज ५२ जना महिला र ४९ जना पुरुषको पीसीआर रिर्पोट प्राप्त भएको थियो भने ८९ जना महिला र ९७ जना पुरुषमा एन्टिजेन परिक्षण गराईएको कार्यालयले जनाएको छ । आजै कार्यालयले विभिन्न स्थानिय तहमा रहेका ६७ जना महिला र ७२ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ । आइबार साँझ सम्म जिल्ला भित्र ७८८ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ